कास्कीमा रगताम्मे अवस्थामा युवकको शव फेला, हत्या आशंका

11 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ २६ गते ।कास्कीको पोखरा महानगरपालिका वडा १५ मा रगताम्मे अवस्थामा एक युवकको शव भेटिएको छ। वन विज्ञान अध्ययन संस्थान जाने बाटोमा सोमबार बिहान करिब ५ बजे शव भेटिएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

शवको छेउमा एउटा हथौडा पनि फेला परेको छ भने शवमा चोटपटकको निशान देखिएको छ, जसले हत्या भएको आशंका बढाएको छ। शवलाई पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

अहिलेसम्म मृतकको पहिचान नभएको र प्रहरीले कुकुरको सहयोगमा घटनास्थलमा अनुसन्धान सुरु गरेको डिएसपी बस्नेतले बताए। स्थानीय बासिन्दाहरूले पनि शव नचिनेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?