कास्कीमा रगताम्मे अवस्थामा युवकको शव फेला, हत्या आशंका
3 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ २६ गते ।कास्कीको पोखरा महानगरपालिका वडा १५ मा रगताम्मे अवस्थामा एक युवकको शव भेटिएको छ। वन विज्ञान अध्ययन संस्थान जाने बाटोमा सोमबार बिहान करिब ५ बजे शव भेटिएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
शवको छेउमा एउटा हथौडा पनि फेला परेको छ भने शवमा चोटपटकको निशान देखिएको छ, जसले हत्या भएको आशंका बढाएको छ। शवलाई पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
अहिलेसम्म मृतकको पहिचान नभएको र प्रहरीले कुकुरको सहयोगमा घटनास्थलमा अनुसन्धान सुरु गरेको डिएसपी बस्नेतले बताए। स्थानीय बासिन्दाहरूले पनि शव नचिनेको जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments