काठमाडौं, जेठ २५ गते । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद अवरोधसँग सम्बन्धित विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक आह्वान गरेका छन्। पछिल्ला दिनमा गृहमन्त्री रमेश लेखकको राजीनाको मागसहित संसद अवरुद्ध भइरहेका बेला प्रचण्डले आगामी रणनीति तय गर्न बैठक बोलाएका हुन्। बैठक शनिबार अपराह्न १२ बजे प्रचण्डको नेतृत्वमा बस्नेछ, भने प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ।
यसअघि प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए। माओवादी केन्द्रको पदाधिकारी बैठकले संसदलाई नियमित रुपमा सञ्चालन गर्नुपर्ने मत राखेको भए पनि रास्वपा र राप्रपा भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिग छन्। संसदमा जारी अवरोधको निकास निकाल्न विपक्षी दलहरुबीच समन्वय गर्न बैठक बोलाइएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments