सप्तरीको रूपनीमा रातको समयमा महिला लुटिएकी, अनुसन्धान जारी

23 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २५ गते । सप्तरीको रूपनी गाउँपालिका–६ तेरहौताकी कौशला देवी चौधरी आइतबार बिहान करिब २ बजे आफ्नै घरबाट लुटिएकी छन्। अत्यधिक गर्मीका कारण घरबाहिर सुतिरहेकी चौधरीको कान र नाकमा लगाएको गहना लुटेराहरूले लुटेर फरार भएका हुन्। उनका अनुसार लुटेराहरूले दुई तोला भन्दा बढी तौल भएको सुनको कुण्डल र फुली चोरेर लगेका थिए। उनका पति र छोरा रोजगारीका लागि बाहिर गएका कारण घरमा छोरा मान्छे नभएको मौका छोप्दै लुटेराहरूले आक्रमण गरेको बताइएको छ।

लुटेराहरूले गहना चोरेपछि घरको ढोका खोल्ने प्रयास पनि गरेका थिए तर कौशलाले चिच्याउन थालेपछि उनीहरू भागेका थिए। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रूपनीका प्रमुख प्रहरी नायब निरीक्षक पम्बर यादवले लुटेराहरूको पहिचान र खोजतलासका लागि अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?