सप्तरीमा डाँका समूहको आक्रमण: एक जनाको गोली हानी हत्या, एक घाइते
11 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ २३ गते । सप्तरी जिल्लाको सुरूङ्गा नगरपालिका–८ मल्हनवामा बिहीबार राति डाँका समूहको आक्रमणमा एक व्यक्तिको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्। ५६ वर्षीय कान्तालाल चौधरीको गोली र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो। वडा अध्यक्ष श्यामदेव साहका अनुसार पाँचदेखि छ जनाको समूहमा आएका हतियारधारी डाँकाहरू घरमा प्रवेश गरी चौधरीमाथि आक्रमण गरेका थिए।
घटनामा कान्तालालका ४० वर्षीय भाई रामकान्त चौधरी पनि घाइते भएका छन् र अहिले लहानस्थित एक अस्पतालमा उपचाररत छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाका अनुसार घटनास्थलबाट एक गोलीको खोका र तीनवटा गोली बरामद गरिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments