सदनको गतिरोध अन्त्यमा माओवादीको पहल, भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य

2 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ २२ गते । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणलाई लिएर उत्पन्न भएको संसद् अवरोध हटाउन प्रतिपक्षीको भूमिकामा रहँदै अधिकतम प्रयास गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार निवासमा बिहीबार बसेको पदाधिकारी बैठकले सदन सञ्चालनमा सहजता ल्याउनेतर्फ गम्भीर पहल गर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन्। उनले भिजिट भिसा प्रकरणमा कुनै व्यक्ति विशेषप्रति केन्द्रित नभई विषयगत छानबिन अपरिहार्य रहेको स्पष्ट पारे।

बैठकमा वाईसीएलको नेतृत्व चयनसमेत सहमतिका आधारमा गर्ने निर्णय भएको सापकोटाले बताए। साथै, द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले दिएको छानबिन आदेशको पूर्णपाठ आएपछि मात्र पार्टीले औपचारिक धारणा बनाउने जनाइएको छ। उनले आफूविरुद्धको मुद्दासम्बन्धी प्रचारमा कुनै सत्यता नरहेको दाबी गर्दै उक्त विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?