काठमाडौं,जेठ २० गते । टेलिशृंखलाहरूमा 'नक्कली प्रचण्ड' बनेर चर्चा कमाएका रंगकर्मी घनश्याम गौतमको ४३ वर्षको उमेरमा सोमबार राति निधन भएको छ। दुई वर्षदेखि क्यान्सरबाट पीडित गौतमको काठमाडौं क्यान्सर अस्पताल, ताथली भक्तपुरमा उपचारका क्रममा निधन भएको उनका परिवारले जनाएको छ।
गौतमले लामो समय लोकप्रिय टेलिशृंखला मेरी बास्सै मा अभिनय गरेका थिए। हातेमालो सञ्चार र अभियान थिएटरमार्फत रंगमञ्चमा सक्रिय रहेका उनले सडक नाटक, रेडियो नाटक र कचहरी कार्यक्रमहरूमा पनि प्रभावशाली अभिनय प्रस्तुत गरेका थिए। साथै, उनी विभिन्न विद्यालयहरूमा अभिनय प्रशिक्षण दिँदै युवा पुस्तालाई प्रेरित गर्दै आएका थिए। नेपाली रंगमञ्चले एक समर्पित कलाकार गुमाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments