कमल थापा पक्राउप्रति राप्रपाको आपत्ति, लिङ्देनले दिए कडा चेतावनी
1 महीना पहिले प्रकाशित

काठमाडौं,जेठ १८ गते । राजावादी प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तीव्र आपत्ति जनाएका छन्। आइतबार नारायणचौरमा भएको राजसंस्थाप्रति समर्थनको प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोज्दा प्रहरीले थापासहित अन्य नेताहरूलाई नियन्त्रणमा लिएको हो। त्यसपछिको प्रतिक्रिया स्वरूप राजावादीहरूले तुरुन्त थापाको रिहाइको माग गरेका छन्।
प्रदर्शनस्थलमै सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारले दमन र धरपकडको नीति अपनाएको भन्दै आक्रोश व्यक्त गरे। उनले थापालाई तत्काल रिहा नगरिए आन्दोलनलाई सोमबारदेखि थप सशक्त बनाउने चेतावनी पनि दिए। यसबीच, राजावादी समर्थकहरू नक्सालस्थित प्रहरी प्रधान कार्यालयअगाडि सडकमा प्रदर्शन गरिरहेका छन्। राप्रपाका नेता जनकराज पाठकका अनुसार वर्तमान व्यवस्थाविरुद्ध बिहीबारदेखि सुरु भएको प्रदर्शन अन्तर्गत आजको कार्यक्रम नक्सालमा तय गरिएको हो।
कमेन्ट गर्नुहोस्
view comments