आन्दोलनमा अप्रिय घटना भए जिम्मेवारी प्रधानमन्त्री ओलीको हुने : ज्ञानेन्द्र शाही

1 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ १४ गते ।  राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूले बिहीबार गर्ने भनिएको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पार्दै, कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने चेतावनी दिएका छन्। बुधबार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले प्रधानमन्त्रीले उत्तेजक भाषणमार्फत आन्दोलनलाई विथोल्ने प्रयास गरेको आरोप लगाए।

शाहीले संविधानको उल्लंघन गर्दै प्रधानमन्त्रीले आफूहरूलाई लक्षित गर्दै द्वेषपूर्ण भाषण गरेको र त्यसले भिड उत्तेजित गर्ने खतरा बढेको बताए। उनले शान्तिबाटिकामा आयोजना गर्न लागिएको कार्यक्रम पूर्णतः शान्तिपूर्ण हुने दाबी गर्दै, आन्दोलन संसद र सडक दुबैबाट सशक्त ढंगले अघि बढ्ने उल्लेख गरे। साथै, आफूहरूको निजी सुरक्षा अधिकृत (पीएसओ) हटाइएको विषयमा पत्रकारहरूले सरकारसँग जवाफ माग्नुपर्ने सुझावसमेत शाहीले दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?