महोत्तरीमा १५७ किलो गाँजासहित दुई जना पक्राउ, जीपबाट तस्करी प्रयास

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १४ गते ।  बर्दिबासमा प्रहरीले विशेष सूचनाका आधारमा गरेको कारबाहीमा १५७.९ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्। सर्लाहीका लालबाबु साह (३५) र अभिषेक परियार (२१) लाई जीपमार्फत गाँजा तस्करी गर्दै गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार बर्दिबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक हस्पिटल अगाडि पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ११ च. ३४९४ नम्बरको सेतो जीप जाँच गर्दा पछाडिको सिटमा लुकाइएको अवस्थामा सेतो बोरामा राखिएको ३० पोका गाँजा फेला परेको हो। लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले उक्त सामग्री बरामद गरेको र पक्राउ परेकाहरूबाट थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?