पर्सामा किशोरी बलात्कार अभियोगमा दुई जना पक्राउ, अनुसन्धान जारी
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १४ गते । किशोरी बलात्कारको अभियोगमा पर्सा जिल्लाबाट दुई जना पक्राउ परेका छन्। जगरनाथपुर गाउँपालिका–६ का २३ वर्षीय विशाल यादव र भारतीय नागरिक मनिष पासवानलाई पीडितका तर्फबाट दर्ता भएको जाहेरीको आधारमा पक्राउ गरिएको हो।
पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारत पुर्याई पटक–पटक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। यस्तै, यादवमाथि पनि बलात्कारको गम्भीर आरोप लागेका छन्। दुबै अभियुक्तलाई जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर करणीसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments