नेपाली कांग्रेसका नेतृत्वमा प्राप्त उपलब्धिहरू कार्यान्वयनमा दृढ रहेको देउवाको भनाइ

1 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ १४ गते ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा प्राप्त ऐतिहासिक उपलब्धिहरू—गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशिता—लाई कार्यान्वयनमा दृढ रहेको बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशले आयोजना गरेको संगठनात्मक क्षमता अभिवृद्धि, सशक्तीकरण तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै देउवाले यी उपलब्धिहरू कांग्रेसकै नेतृत्वमा सम्भव भएको दाबी गरे।

सभापति देउवाले आदिवासी जनजातिको सशक्तीकरणका लागि कांग्रेस सधैं अग्रसर रहेको उल्लेख गरे। उनले परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, आदिवासी जनजातिका चाडपर्वहरूलाई राष्ट्रिय पहिचान दिन कांग्रेस नेतृत्वको सरकारले महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?