जनकपुरधाममा मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु, संघीय र प्रादेशिक सुरक्षा अधिकारीको सहभागिता

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ९ गते । जनकपुरधाममा मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ, जसको आयोजना संघीय गृह मन्त्रालय र मधेस प्रदेश सरकारको गृह मन्त्रालयले संयुक्त रूपमा गरेका हुन्। शुक्रबारदेखि सुरु भएको गोष्ठीमा संघीय गृहमन्त्री रमेश लेखक, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, तथा गृह सचिवको सहभागिता रहेको छ।

उक्त बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मलकुमार थापा, पृतना प्रमुख कृष्णबहादुर जिसी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा लगायत संघीय र प्रादेशिक सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको छ। गोष्ठीमा मधेस प्रदेशका आठ वटै जिल्लाबाट कार्यपत्र प्रस्तुत गरिनेछ। भारतसँग खुल्ला सिमा रहेको यी जिल्लाको सुरक्षा व्यवस्थापनमा समन्वय र सुधारका उपायहरू यस गोष्ठीको प्रमुख एजेन्डा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?