प्रधानमन्त्री अस्वस्थ भएपछि प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रम स्थगित

2 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ६ गते । आजको प्रतिनिधिसभा बैठकमा तय गरिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा कार्यसूचीबाट हटाइएको छ। संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएकाले कार्यक्रम स्थगित गरिएको हो। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्रीको अनुपस्थितिका कारण कार्यसूचीमा रहेको प्रश्नोत्तर कार्यक्रम हटाउनुपरेको जानकारी दिएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीलाई सामान्य रुघाखोकीका लक्षण देखिएको छ र अहिले आराम गरिरहेका छन्। सोमबार दिउँसो विदेशी पाहुनासँग भेटघाट गरेपनि साँझपख असहज महसुस गरेपछि उनलाई विश्राममा राखिएको हो। यही कारण सोमबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद बैठकसमेत स्थगित गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?