‘प्रतिगामी सपना साकार हुँदैन’ : प्रधानमन्त्री ओलीको राजावादीहरूलाई कडा चेतावनी

21 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी समूहको गतिविधिप्रति कडा असन्तुष्टि जनाउँदै कुनै पनि प्रतिगामी सपना सफल नहुने स्पष्ट सन्देश दिएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राजसंस्थाको पुनःस्थापनाका लागि चलिरहेका आन्दोलनप्रति प्रत्यक्ष प्रतिक्रिया दिएका हुन्।

“यसपटकको जेठ १५ मात्रै होइन, आउने कुनै पनि जेठ १५ मा तपाईंहरूको सपना साकार हुने छैन,” प्रधानमन्त्री ओलीले भने, “प्रतिगामी सपना काम लाग्दैन, त्यसमा जोड नगर्न आग्रह गर्दछु।”

प्रधानमन्त्री ओलीले मुलुक संविधानअनुसार अघि बढिसकेको उल्लेख गर्दै विगतमा फर्कने कोसिस निरर्थक हुने स्पष्ट संकेत दिएका हुन्।

उक्त टिप्पणी राजावादी समूहले आगामी जेठ १५ गते आन्दोलनको घोषणा गरेको पृष्ठभूमिमा आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?