सांसद शाहीको आरोप – वैदेशिक रोजगारमा रहेका युवाको हितमा सरकार गम्भीर छैन
23 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले ८० लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा रहेका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूको हक–हितमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारबाट आएको रेमिटेन्सले देशको अर्थतन्त्र चलेको भए पनि श्रमिकप्रति सरकार गम्भीर नभएको टिप्पणी गरे।
शाहीले प्रधानमन्त्री, मन्त्री र सांसदको तलबभत्ता पनि रेमिटेन्सकै भरमा चलेको उल्लेख गर्दै ‘नुनको सोझो गर्न पर्दैन?’ भन्दै सरकारप्रति प्रश्न उठाए। लाखौं नेपाली दलालबाट ठगिइरहेका र संकटमा परेका नागरिकहरूको उद्धारमा परराष्ट्र मन्त्रालय निष्क्रिय देखिएको उनको आरोप छ। वैदेशिक रोजगारीमा गएका नेपालीहरू जहाँ गए पनि मर्नुपर्ने अवस्थाको अन्त्य गर्न उनले सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
कमेन्ट गर्नुहोस्
view comments