कतारबाट जबरजस्ती करणी अभियुक्त नेपाल फर्काइए

19 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख २६ गते । जबरजस्ती करणी मुद्दामा फरार रहेका पर्साको वीरगञ्ज महानगरपालिका–३१ बेलवाप्रसौनीका समसुद्दिन अन्सारीलाई नेपाल प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको छ। अन्सारीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको थियो।

इन्टरपोलको रेड कर्नर नोटिसपछि एनसीबी कतार दोहाको समन्वयमा उनलाई पक्राउ गरिएको हो। बिहीबार नेपाल ल्याइएको अन्सारीलाई अब आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइने प्रहरीले जानकारी दिएको छ। रेड नोटिस अप्रिल १ मा जारी गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?