आतंकवादविरुद्धको कारबाही जायज: नेपाली कांग्रेस
22 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख २६ गते । नेपाली कांग्रेसले आतंकवादविरुद्ध गरिने कारबाहीलाई उचित ठहर गर्दै भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई समर्थन गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता प्रकाशशरण महतले कांग्रेस सधैं आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारे।
प्रवक्ता महतले आतंकवादको विरुद्धमा हुने कुनै पनि कारबाहीलाई जायज मान्ने र आतंकवादलाई प्रश्रय नदिनु पर्ने पक्षमा कांग्रेस उभिएको बताए। उनले भारत–पाकिस्तानबीचको तनाव पूर्ण युद्धमा नपुगोस् भन्नेमा पनि पार्टीको चासो रहेको उल्लेख गरे।
कमेन्ट गर्नुहोस्
view comments