वंशवाद र अनिर्वाचित सत्ता एमालेलाई स्वीकार्य छैन : ईश्वर पोखरेल
22 दिन पहिले प्रकाशित

जनकपुरधाम, वैशाख २१ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गणतन्त्रविरुद्ध भइरहेका गतिविधिको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताएका छन्। जनकपुरधाममा आयोजित एमालेको धनुषा आठौं जिल्ला अधिवेशनको उद्घाटनमा पोखरेलले ‘श्री ५ बा र श्री ५ नातिको व्यवस्था’ अस्वीकार्य भएको उल्लेख गर्दै, संविधान र जनमतको अपमान गर्दै सत्तामा फर्कन खोज्ने तत्वहरू सफल नहुने दाबी गरे। उनले पूर्वराजालाई निर्वाचनमार्फत सत्ता प्राप्तिको बाटो रोज्न आग्रह गरे।
पोखरेलले नेपाली कांग्रेससँगको सहकार्यलाई ‘मादल र हार्मोनियम’ जस्तो भन्दै सहकार्य र प्रतिस्पर्धा सन्तुलनमा राख्नुपर्ने बताए। उनले पञ्चायती शासन र वर्तमान लोकतान्त्रिक व्यवस्थाको तुलना गर्दै हालको विकासलाई ऐतिहासिक भने—सडक सञ्जालदेखि शिक्षा र स्वास्थ्यसम्मको विस्तारलाई प्रमाणका रूपमा प्रस्तुत गरे। कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरूको उपस्थिति थियो भने अधिवेशन तीन दिनसम्म चल्नेछ।
कमेन्ट गर्नुहोस्
view comments