छोरीमाथि बलात्कार गरी भिडियो बनाउने बुवालाई पुर्पक्षका लागि थुनामा
7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १८ गते । पर्सा जिल्ला अदालतले आफ्नै छोरीमाथि बलात्कार गरी भिडियो बनाएर गुगल ड्राइभमा राख्ने ३४ वर्षीय बुवालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश प्रमेश पोखरेलको इजलासले हाडनाता, जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा थुनामा राख्ने आदेश दिएको हो।
साइबर ब्यूरो काठमाडौं भोटाहिटी र पर्सा प्रहरीले चार साता अघि ती अभियुक्तलाई वीरगन्जबाट पक्राउ गरेको थियो। गुगल ड्राइभमा बाल यौन दुर्व्यवहार सम्बन्धी सामग्री राखिएको सूचना पाएपछि अनुसन्धान सुरु गरिएको थियो। अभियुक्तमाथि शंकास्पद कागजातको आधारमा चैत २२ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments