कलैयाका सुधीरप्रसाद साह अपहरण प्रकरणमा एक नाबालकसहित चार जना पक्राउ

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १८ गते । कलैया उपमहानगरपालिका–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टका अनुसार साहलाई वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली क्षेत्रको एक घरबाट मंगलबार राति उद्धार गरिएको हो। अपहरणको अभियोगमा रिकेशकुमार, राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साह पक्राउ परेका छन् भने नाबालकको विवरण भने गोप्य राखिएको छ।

सूचना अधिकारी भट्टले पर्सा जिल्ला अदालतबाट उनीहरूलाई शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिनको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको जानकारी दिनुभयो। प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?