धनकुटाबाट धरान जाँदै गरेको कारमा ४२१ किलो गाँजा फेला, सशस्त्र प्रहरीको सफल कारबाही
12 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख १७ गते । बुधबार बिहान धनकुटाबाट धरानतर्फ गइरहेको को २ प १७३४ नम्बरको कार सशस्त्र प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको छ। साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा चेकजाँचको क्रममा शंका लागेपछि कार भागेको थियो। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश मुलघाटको टोलीले पिछा गर्दा कार अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनापछि चालक फरार भएका बेला कारको चेकजाँच गर्दा १२ वटा पोकामा प्याक गरिएको ४२१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। बरामद गाँजा र कारलाई थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments