पहलगाम आक्रमणको नेपालद्वारा कडा निन्दा, प्रधानमन्त्री ओलीको मोदीलाई ऐक्यबद्धता

2 महीना पहिले प्रकाशित

काठमाडौं, वैशाख ११ गते ।नेपालले भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाल भारतको साथमा रहेको स्पष्ट गरेका छन्। सामाजिक सञ्जाल 'एक्स' मार्फत ओलीले आफूले मोदीसँग कुराकानी गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आतङ्कवादविरुद्ध नेपालको अटुट ऐक्यबद्धता व्यक्त गरेको जानकारी दिएका छन्।

घटनामा एक नेपाली युवा सुदीप न्यौपानेको मृत्यु भएपछि प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री आरजु देउवाले पनि उक्त अमानवीय आक्रमणको भर्त्सना गरेकी छन्। दिल्लीस्थित नेपाली दूतावासमार्फत मृतकको शव श्रीनगरबाट दिल्ली, त्यहाँबाट लखनऊ र अन्ततः भैरहवा पुर्‍याइएको हो। घटनामा घाइते भएका नेपाली नागरिकहरूको उद्धार र स्वदेश फिर्तीको तयारी पनि भइरहेको दूतावासले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसहित विभिन्न दलले पनि घटनाको विरोध गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?