आर्थिक सुधारका लागि खनाल आयोगको सुझाव प्रतिवेदन अर्थमन्त्री पौडेललाई बुझाइयो
8 दिन पहिले प्रकाशित

काठमाडौं, चैत २९ गते । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आफ्नो प्रतिवेदन बुझाएको छ। आयोगका संयोजक रामेश्वर खनालको नेतृत्वमा तयार गरिएको प्रतिवेदन शुक्रबार बिहान अर्थमन्त्री पौडेललाई हस्तान्तरण गरिएको हो। आयोगले व्यापक परामर्श र छलफलपछि नेपाली अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यसहित सुधारका विविध प्रस्तावहरू प्रस्तुत गरेको छ।
आयोगले पुराना एक दर्जन कानुन खारेज गर्दै नयाँ कानुनी संरचना निर्माण गर्न सुझाव दिएको छ। अध्यक्ष खनालका अनुसार, ६० वटा अन्तर्क्रिया गरेर प्रतिवेदन तयार गरिएको हो। उनले उपभोगका लागि माग कमजोर हुँदा अर्थतन्त्र चलायमान हुन नसकेको बताए। प्रतिवेदन कार्यान्वयन गरिने अर्थमन्त्री पौडेलले प्रतिबद्धता जनाएका छन्। पाँच सदस्यीय आयोग सरकारद्वारा गत असोजमा गठन गरिएको हो।
कमेन्ट गर्नुहोस्
view comments