सर्लाही घटनामा दुई युवाको संकास्पद मृत्यु, परिवारको गुनासो– ‘दोषी खुला छन्, प्रहरी मौन छ’
6 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २७ गते । सर्लाहीको बासबरीया गाउँपालिका–३ स्थित नयाँरोड–मधुवनी सडकखण्डको मानपुर बैरेज नजिक मिति २०८२ चैत १ गते राति करिब ८ः३० बजे भएको रहस्यमय मोटरसाइकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ। घटनास्थलमै राजीव पासवानको मृत्यु भएको थियो भने धनञ्जय यादव गम्भीर अवस्थामा फेला परेका थिए। यादवको उपचारका क्रममा चैत ११ गते बिहान ११ बजे वीरगञ्जस्थित न्युरो अस्पतालमा असामयिक निधन भयो।
मृतकद्वय चढेको मोटरसाइकल घटनास्थलभन्दा केही पर खाल्डो खनेर लुकाई राखिएको अवस्थामा फेला परेको थियो । घटनालाई आपराधिक दृष्टिले हेरिएको छ र मृतक राजीव पासवानका भाइले ईलाका प्रहरी कार्यालय बरहथवामा किटानी जाहेरी समेत दर्ता गराएका छन्। तर घटनाको हप्तौ बितिसक्दा पनि अभियुक्तहरू खुलेआम हिँडिरहेका परिवारको आरोप छ संगै प्रहरी प्रशासनले आर्थिक लेनदेनमा संलग्न भई दोषीलाई जोगाउने प्रयास गर्दैछ र घटनालाई ढाकछोप गर्न मौन भूमिका खेलेको छ। पीडित परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
उक्त संकास्पद घटनामा प्रयोग भएको एक थान साइन मोटर साईकल टुक्रा टुक्रा गरि विभिन्न स्थानमा गाडिएको र अर्को एक थान हाल पक्राउ परेका बासबरीया २ निवासी शिवजी यादवले आफ्नो ससुरालीमा लुकाएको स्विकार गरिसकेको छन् । निजले आधा दर्जन ब्यक्तिको नाम समेत सार्वजनिक गरेको र निजहरुमाथि कर्तब्य ज्यानको मुद्दा दर्ता भइसके तापनि हाल सम्म पक्राउ पुर्जी जारी नभएको ले यो घटनाको सत्य तथ्यमाथि संका रहको जाहेरी कर्ता बासबरिया २ निवासी मृतकका भाई विजय यादवले आरोप लगाएका छन् । उक्त घटना बारे बुझ्दा सर्लाहीका डिएसपी गौतम थापाले जाहेरी माथि अनुसंधान जारी रहेको र केही आरोपितहरु फरार रहेकोले निजहरुको खोजी कार्य भईरहेको बताउँछन् । घटनामा भई रहेको बिलम्बता प्रति स्थानियहरु ससंकित रहेकोछ ।
कमेन्ट गर्नुहोस्
view comments