राजावादी नेता गुरुङको चेतावनी: वैशाख २१ भित्र रिहा नभए २२ गते सामूहिक गिरफ्तारी

9 दिन पहिले प्रकाशित

काठमाडौं, चैत २७ गते । राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले राजावादी आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताहरूको रिहा र नजरबन्दमा रहेका नवराज सुवेदीको मुक्ति नभए आगामी वैशाख २२ गतेदेखि सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन्।

बुधवार पत्रकार सम्मेलन गर्दै डा. गुरुङले माटोको टीका लगाएर आन्दोलनको नेतृत्व आफैं लिने घोषणा गर्दै, "म आफैं पहिला हिँड्छु, तपाईंहरू पनि आउनुस्," भन्दै सबैलाई साथ दिन आह्वान गरे। उनले भद्र अवज्ञा आन्दोलनमार्फत अगाडि बढ्ने र आवश्यक परे ज्यानको जोखिम मानेर पनि राजसंस्थाको पक्षमा लड्ने दृढता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?