साढे १७ वर्षपछि पक्राउ: छिमेकीको हत्या गरी साधु बनेर लुकेका अभियुक्त पर्साबाट पक्राउ
4 महीना पहिले प्रकाशित

जनकपुरधाम, चैत २७ गते । जग्गा विवादका कारण छिमेकी ढोडा मुखियाको हत्या गरी फरार भएका पर्साको बिन्दवासिनी गाउँपालिका–२ का लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन्। उनले विसं २०६४ वैशाख २५ गते गोली हानेर हत्या गरेपछि भारतको चम्पारणस्थित रामजानकी मन्दिरमा साधुको भेषमा पूजारी बनेर १० वर्षसम्म लुक्दै आएका थिए।
हत्या अभियोगमा २०६९ कात्तिक २४ गते सर्वोच्च अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। लामो समयदेखि भारतमा लुकेका साह नेपाल फर्किएको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले वीरगन्जबाट उनलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। अदालतको फैसला कार्यान्वयनका लागि मंगलबार नै उनलाई जिल्ला अदालत पर्सामा पेश गरिएको CIB का प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments