औरंगाबादमा दुष्कर्मको बदला: जीजाले आरोपीकै प्राइवेट पार्ट काटे

4 महीना पहिले प्रकाशित

एजेन्सी, चैत २६ गते । बिहारको औरंगाबाद जिल्लाको देव थाना क्षेत्रबाट एक चकित बनाउने घटना बाहिरिएको छ, जहाँ एक व्यक्तिले आफ्नी सालीसँग भएको दुष्कर्मको बदला अत्यन्तै क्रूर तरिकाले लिएको छ। घटनाअनुसार, राजकर्मा गाउँका कमलेश चौधरीको घरमा २७ मार्चको दिन सालीमाथि गाउँका नै नीतीश रविदासले आफ्ना साथी जीवित रविदाससँग मिलेर जबर्जस्ती गरेका थिए। घट्ना भएको थाहा पाएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिनुको सट्टा आक्रोशित भएर प्रतिशोध लिने निर्णय गरे।

घटना अनुसार केही दिनपछि कमलेशले दुवै आरोपीलाई घर बोलाएर झोलामा राखिएको धारिलो हतियारले नीतीशको प्राइवेट पार्ट नै काटिदिए भने जीवितलाई लाठी प्रहार गरेर उसको खुट्टा तोडिदिए। घटनाको जानकारी पाएपछि प्रहरी तुरुन्तै घटनास्थलमा पुगेर कमलेशलाई पक्राउ गर्‍यो। उता, गम्भीर घाइते अवस्थामा रहेका नीतीश र जीवितलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

एसडीपीओ–2 अमित कुमारले जानकारी दिँदै भने कि १० दिनअघि भएको दुष्कर्मको घटनापछि पीडित परिवारले न्यायको खोजी कानूनी बाटोबाट नगरी प्रतिशोध लिएको स्पष्ट भएको छ। कानुनलाई हातमा लिएको आरोपमा कमलेश चौधरीमाथि कारबाही अघि बढाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?