पर्सामा आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गर्ने बुबा पक्राउ, साइबर ब्युरोको समन्वयमा कारवाही

9 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २६ गते । पर्साको छपकैया प–१ का एक पुरुषलाई आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल र डिजिटल प्रविधिको दुरुपयोग गर्दै उनले यौन दुव्र्यवहार गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने उनको परिचय प्रहरीले गोप्य राखेको छ। अन्तर्राष्ट्रिय अनुसन्धान संस्था नेकमेकबाट प्राप्त सूचनाका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोको समन्वयमा पर्सा प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अभियुक्तले आफ्नो जिमेल अकाउन्ट र ड्राइभमा अश्लील तस्बिरहरू राखेका थिए भने ती तस्बिरहरूमध्ये केही आफ्नै छोरीसम्बन्धी रहेको शंका गरिएको छ। अभियुक्तले तीनवटा मोबाइल नम्बर प्रयोग गरेको पाइएको छ। २२ चैतमा पक्राउ परेका ती पुरुषलाई मंगलबार मात्रै सार्वजनिक गरिएको हो। प्रहरी स्रोतका अनुसार उनको साथबाट सम्बन्धित भिडियो सामग्री पनि बरामद गरिएको छ। उनीविरुद्ध करणी सम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?