मिथिला बिहारीमा खुकुरी आक्रमण: २५ वर्षीय युवक गम्भीर घाइते, आक्रमणकारी फरार
9 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २६ गते । धनुषाको मिथिला बिहारी नगरपालिका–५, ललियामा सोमबार राति खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। स्थानीय २५ वर्षीय श्यामसुन्दर मण्डल साप्ताहिक बजार नजिकै दुई व्यक्तिबीच भएको विवादपछि खुकुरी प्रहारमा परेका हुन्। घटनामा संलग्न रहेका करिब ५० वर्षीय विजय नामका व्यक्ति सोही स्थानमा मदिरा पसल सञ्चालन गर्दै आएका थिए भने घटनापछि उनी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ललिया प्रहरी चौकीका सहायक निरीक्षक रामजीवन चौधरीले जानकारी दिए।
प्रहरीका अनुसार मण्डलको घाँटीमा गहिरो चोट लागेको छ र उनी हाल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन्। विवादको कारण अझै खुल्न नसकेको भन्दै चौधरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। फरार रहेका विजयको खोजीका लागि प्रहरीले आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments