सर्लाहीका राहुल साह हत्या प्रकरणमा ६ जना पक्राउ

2 दिन पहिले प्रकाशित

जनकपुरधाम,चैत १८ गते ।  सर्लाही, चक्रघट्टा गाउँपालिका-८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा सर्लाहीका निपु मण्डल, काठमाडौंका विजय यादव, करन कुमार महतो, जोधन मण्डल, उत्तम मण्डल तथा भारत बिहारका सुनिल शर्मा रहेका छन्।

चैत ११ गतेदेखि बेपत्ता भएका साहको शव चैत १५ गते गोकर्णेश्वर नगरपालिका-५, बाहुनधारास्थित आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार हत्या लेनदेन विवादका कारण भएको खुलेको छ। हाल पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?