तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ: प्रधानमन्त्री ओली
2 दिन पहिले प्रकाशित

काठमाडौं, चैत १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा संलग्न जोकोहीलाई कडा प्रशासनिक कारबाही गरिने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त घटनाका सबै गतिविधि निन्दनीय र खेदजनक भएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले सोही दिन समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रम शान्तिपूर्ण भएको भन्दै सम्बद्ध दलहरूलाई धन्यवाद दिए। साथै, उनले कार्यक्रमका कथित जनकमाण्डरले प्रहरीमाथि गाडी चलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै त्यस्ता अपराधिक गतिविधि सह्य नहुने चेतावनी दिए।
कमेन्ट गर्नुहोस्
view comments