मकवानपुरमा भारतीय ग्यास बुलेट र ट्रक ठोक्किँदा दुर्घटना
1 महीना पहिले प्रकाशित

काठमाडौं, चैत ७ गते ।मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान भारतीय ग्यास बुलेट र ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। बिहान सवा ७ बजे भएको उक्त दुर्घटनामा ग्यास बुलेट सडक किनारमा पल्टिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार वीरगन्जबाट धार्केतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट (एनएल ०१ एए ५००७) र विपरीत दिशातर्फ जाँदै गरेको ट्रक (ग १ ख ९४८१) ठोक्किँदा दुर्घटना भएको हो। ग्यास बुलेट पल्टिए पनि कुनै मानवीय क्षति नभएको डिएसपी अर्यालले जानकारी दिएका छन्।
सडक किनारमै ग्यास बुलेट पल्टिएकाले सवारी आवागमनमा कुनै अवरोध नपरेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments