राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण
26 दिन पहिले प्रकाशित

काठमाडौं, चैत ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसदको दुवै सदनबाट पारित भई आएका ती विधेयकहरू आइतबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रमाणीकरण गरिएका विधेयकहरूमा सुरक्षित कारोबार ऐन संशोधन विधेयक, इकमर्ससम्बन्धी विधेयक, विधायन व्यवस्थापन विधेयक, तथा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक रहेका छन्। यी विधेयकहरूमार्फत व्यापार, विधायन प्रक्रिया तथा भ्रष्टाचार निवारणसम्बन्धी कानुनी संरचना थप व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments