मधेसी उम्मेदवारलाई उपेक्षा गरिएको भन्दै आपत्ति
26 दिन पहिले प्रकाशित

काठमाडौँ, चैत ३ गते । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा पहिलो नम्बरमा सिफारिस भएका डा. प्रमोद यादवलाई नियुक्ति नदिइएको भन्दै कडा आपत्ति जनाएका छन्। उनले मधेसी भएकै कारण योग्य उम्मेदवारलाई अवसरबाट बञ्चित गरिएको आरोप लगाए।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सिंहले तेस्रो नम्बरमा सिफारिस भएका व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गरिएको विषयलाई लिएर सरकारको निर्णयप्रति गम्भीर असन्तोष व्यक्त गरे। उनले स्वास्थ्य सचिव पदमा समेत मधेसी भएकाले पहिलो नम्बरमा सिफारिस नहुने परिपाटी रहेको बताउँदै, सिभिल सेवा लगायतका क्षेत्रहरूमा मधेसी समुदायलाई निरन्तर विभेद गरिँदै आएको बताए।
सांसद सिंहले नेपालमा मधेसी समुदाय भिख माग्न बस्न नआएको भन्दै योग्य उम्मेदवारलाई पदबाट बञ्चित गर्नु सरकारको गम्भीर गल्ती भएको टिप्पणी गरे। उनले पूर्वविशिष्ट व्यक्तिहरूलाई मात्र सेवा दिने प्रणाली गलत भएको उल्लेख गर्दै, सबै योग्य उम्मेदवारलाई समान अवसर दिनुपर्ने माग गरे।
कमेन्ट गर्नुहोस्
view comments