परराष्ट्रमन्त्री आरजु राणा भारत प्रस्थान
1 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन २५ गते । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। उनी झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजा गर्न आज भारत गएकी हुन्।
परराष्ट्रमन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र अन्य अधिकारीहरूले बिदाइ गरेका थिए।
राणाले भारतको विदेश मन्त्रालयद्वारा मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गरिने राइसिना डायलगमा समेत सहभागिता जनाउनेछिन्। भारत सरकारको निमन्त्रणामा आयोजना हुने सो कार्यक्रममा विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ।
कमेन्ट गर्नुहोस्
view comments