एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्ने
1 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन २६ गते । । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक सोमबार बोलाएको छ। पार्टीका महासचिव घनश्याम भुसालका अनुसार बैठक बिहान ११ बजेपछि बस्ने तय गरिएको छ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे विस्तृत छलफल हुने पार्टीका नेताहरूले बताएका छन्। साथै, राजावादी शक्तिहरूको सक्रियता र उनीहरूको चलखेलबारे समेत बैठकमा समीक्षा गरिनेछ। यससँगै, पार्टीले अघि बढाउने आन्दोलनका कार्यक्रमबारे पनि बैठकमा छलफल हुने बताइएको छ।
एकीकृत समाजवादीले आगामी चैत १ गते पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। नेताहरूका अनुसार सरकार र सत्तारूढ दलहरूको अक्षमताका कारण प्रतिगामी शक्तिहरू फेरि सक्रिय हुन थालेकाले त्यसविरुद्ध संघर्षका कार्यक्रम अघि सार्न लागेको हो।
कमेन्ट गर्नुहोस्
view comments