जसपा नेपालको सरकारलाई समर्थन फिर्ता गर्ने तयारी
2 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन १८ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई दिएको समर्थनबारे अन्तिम निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। भूमि सम्बन्धी अध्यादेशप्रति असन्तुष्ट रहेको जसपाले सरकारबाट बाहिरिने सम्भावना उच्च रहेको बताइएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारको प्रतिबद्धता पूरा नभएको र भ्रष्टाचार चरम सीमामा पुगेको भन्दै समर्थन कायम राख्नुको अर्थ नभएको धारणा राखेका छन्। बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा अध्यक्ष यादवले वर्तमान सरकारलाई पूर्ण रूपमा असफल भएको ठहर गरेका छन्।
संविधान संशोधनको प्रतिबद्धतासहित कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गरेको जसपाले मधेस प्रदेशको नेतृत्व पाउन नसकेपछि असन्तुष्टि व्यक्त गर्दै आएको थियो। अहिले भूमि सम्बन्धी अध्यादेशलाई जसपाले अस्वीकार गर्ने घोषणा गरिसकेको छ, जसका कारण राष्ट्रियसभामा उक्त अध्यादेश पारित गर्न कठिन हुनेछ। महासचिव रामकुमार शर्माका अनुसार, केन्द्रीय समितिको बैठकले समर्थन फिर्ताको औपचारिक निर्णय गर्ने सम्भावना रहेको छ।
कमेन्ट गर्नुहोस्
view comments