राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइयो

2 महीना पहिले प्रकाशित

 

काठमाडौं, फागुन ७ गते । बुधबार टुँडिखेलमा विशेष समारोह गरी सरकारले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो। स्वतन्त्रताको प्रतीक परेवा उडाइएको थियो र नेपाली सेना तथा नेपाल प्रहरीको टोलीले विभिन्न कला कौशल प्रस्तुत गरेका थिए। विभिन्न समूहले सांस्कृतिक झाँकी प्रदर्शन गरेर समारोहलाई थप रङ्गीन बनाएका थिए।

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?