क्रान्तिकारी शक्ति मजबुत बनाएर मात्रै देश विकास सम्भव: प्रचण्ड

2 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन १ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी शक्तिको सुदृढीकरणमार्फत मात्रै देशको समृद्धि सम्भव हुने बताएका छन्।

मंगलबार, ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले क्रान्तिकारी धारलाई बलियो बनाउन आवश्यक रहेको औंल्याए।

अध्यक्ष प्रचण्डले प्रक्रियावादी शक्तिहरूको षड्यन्त्र विफल पार्न र जनताले देखेको परिवर्तनको सपना साकार पार्न क्रान्तिकारी शक्तिहरूबीच एकता र ध्रुवीकरण आवश्यक रहेको बताए।

उनले जनयुद्धको प्रेरणा दीर्घकालसम्म कायम रहने दाबी गर्दै, राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको वास्तविक जीवनस्तर सुधार्ने लक्ष्य अझै अपूर्ण रहेको स्वीकार गरे।

शान्ति प्रक्रियामा प्रवेश गरेपछि प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारी अघि बढाउने प्रतिबद्धता समेत प्रचण्डले व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?