माओवादी केन्द्रद्वारा तीन जना पदमुक्त, नयाँ सदस्यहरूको मनोनयन

2 महीना पहिले प्रकाशित

 

काठमाडौं, माघ २८ गते ।  नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका तीन नेतालाई पदमुक्त गरेको छ। केन्द्रीय कमिटी बैठकका निर्णयहरू परिपत्र गर्ने क्रममा गुप्त हमाल, दलमायाँ रोका र केशव कुँवरलाई पदमुक्त गरिएको हो।

सर्कुलरअनुसार, ती नेताहरू पार्टीको गतिविधिमा निस्क्रिय रहनुका साथै वैदेशिक रोजगारीमा गएकाले पदमुक्त गरिएको जनाइएको छ।

माओवादी केन्द्रले गण्डकी प्रदेशका रेशमबहादुर जुग्जाली मगर, धनबहादुर बिक र मदन आलेलाई वैकल्पिक केन्द्रीय सदस्यका रूपमा मनोनयन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?