जसपा नेपालले अध्यादेशको निर्णय संसदको कार्यसूचीमा राखेपछि मात्र सार्वजनिक गर्ने
2 महीना पहिले प्रकाशित

काठमाडौं, माघ २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने जनाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै स्पष्ट पारे कि जसपाले अध्यादेश रोक्न कुनै कदम चालेको छैन र सरकारले आफैं कार्यसूचीबाट हटाएको हो। उनले भने, “हामी धारणा बनाउँदैछौं, हाम्रो सोच सकारात्मक छ। अब सरकारले कार्यसूचीमा राखेपछि निर्णय गर्नेछौं।”
यसैबीच, यादवले सरकारमा सहभागी हुने वा मन्त्रालय माग्ने कुनै योजनामा नभएको समेत स्पष्ट पारे। उनले भने, "हामी अहिले सरकारमा जाने अवस्था छैन, मन्त्रालय मागेका छैनौं। हामी देश र जनताको हितमा काम गर्न चाहन्छौं।" यादवले पदको बार्गेनिङको हल्लामा कुनै सत्यता नभएको पनि प्रष्ट पारे, र यस्तो 'फोहोरी र फटाहा' कुरा कहाँबाट आएको हो भन्ने प्रश्न उठाए।
कमेन्ट गर्नुहोस्
view comments