धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ २७ गते । धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिका प्रमुख बालेश्वर मण्डलले शनिबार आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरेका हुन्। यस अवसरमा, धनुषाधामका पिछडिएका र आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरिएको छ।

कार्यक्रममा, घिसिङले विद्युत् चोरीलाई सामाजिक अपराध मान्दै यसको नियन्त्रणका लागि प्राधिकरणले प्राविधिक कामहरूलाई उच्च प्राथमिकतामा राखी अघि बढाएको बताए। उनले विद्युत् नपुगेका स्थानहरूमा विद्युतीकरणको कामलाई तीव्रता दिइरहेको र मधेस प्रदेशका जिल्लाहरूमा विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न आयोजना सञ्चालन भइरहेको जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?