सिरहामा कर्मचारी विरुद्ध जबरजस्ती करणी तथा विद्युतीय कारोबार मुद्दामा पक्राउ
2 महीना पहिले प्रकाशित

जनकपुरधामा , माघ २५ गते । सिरहामा एक ३१ वर्षीय कर्मचारी, उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ का विश्वराज राईलाई जबरजस्ती करणी र विद्युतीय कारोबार मुद्दामा पक्राउ गरिएको छ। उनी नेपाल विद्युत् प्राधिकरण, सिरहामा कार्यरत हुनुका साथै प्रहरीले बिहीबार सिरहास्थित हेमनारायण चोकबाट पक्राउ गरेको पुष्टि गरेको छ।
उनको विरुद्ध काठमाडौं जिल्ला अदालतबाट जबरजस्ती करणी र विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो। आवश्यक कारबाहीका लागि उनलाई काठमाडौंस्थित साइबर ब्यूरोमा पठाइएको जानकारी सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले प्रदान गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments