महोत्तरी प्रहरीले ६ क्विन्टल लागू औषध गाँजा सहित ट्रक र चालकलाई नियन्त्रणमा

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ २५ गते – महोत्तरी प्रहरीले भंगाहा नगरपालिका–६, मजरा स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ गइरहेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर नियन्त्रणमा लिएको छ। यस क्रममा ट्रकमा ६ क्विन्टल लागू औषध गाँजाको थुलो परिमाण फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानका अनुसार, ट्रकको हुडमा कालो प्लास्टिकले बेरिएको ४० वटा रातो प्लास्टिकका पोका पत्ता लागेको छ जसमा जम्मा ६०४ किलो गाँजा रहेको जानकारी दिइएको छ। यसबारे प्रहरी थप अनुसन्धानमा जुटेको छ।

ट्रकका चालक, उदयपुरको कटारी नगरपालिका–१ का गणेश बहादुर बिश्वकर्मालाई नियन्त्रणमा लिइएको छ र सम्बन्धित निकायले घटनाको तहसम्म पुग्न थप प्रमाण सङ्कलन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?