"नेपाल सरकारद्वारा विदेशबाटै श्रम स्वीकृति दिन सुरू, ओमानबाट पहिलो पहल"
5 महीना पहिले प्रकाशित

काठमाडौं, माघ २३ गते । नेपाल सरकारले अब विदेशबाटै श्रम स्वीकृति प्रदान गर्ने प्रणाली सुरू गरेको छ। ओमानस्थित नेपाली राजदूतावासले गत शुक्रबारदेखि सलालामा श्रम स्वीकृति दिन थालेको छ, जसले त्यहाँ कार्यरत श्रमिकहरूलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ।
मस्कटस्थित नेपाली राजदूतावासद्वारा आयोजित विशेष कार्यक्रममा श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी सेवा प्रदान गरिनुका साथै श्रम स्वीकृति वितरण गरिएको थियो। राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रूपमा ओमान पुगेका तर श्रम स्वीकृति नलिएका नेपाली श्रमिकलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन्।
यो पहलले वैदेशिक रोजगारीका लागि अनौपचारिक रूपमा गएका श्रमिकहरूलाई कानुनी रूपमा सुरक्षित बनाउन सहयोग गर्ने विश्वास गरिएको छ। नेपाल सरकारले अन्य देशहरूमा समेत यस्तै सेवा विस्तार गर्ने तयारी गरिरहेको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments