फरार अभियुक्त पक्राउ, १४ वर्षको जेल सजाय भुक्तानका लागि कारागार चलान

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ २२ गते ।  बलात्कार अभियोगमा अदालतबाट दोषी ठहर भई १४ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लहान नगरपालिका–२४ निवासी ४५ वर्षीय भोगिन्द पासवान रहेका छन्। सिरहा प्रहरीका प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानका अनुसार, लामो समयदेखि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय लहानको टोलीले आइतबार दिउँसो ३ बजे पक्राउ गरेको हो।

पक्राउ परेका अभियुक्तलाई सोमबार सिरहा जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि सिरहा कारागार पठाइएको डीएसपी पासवानले जानकारी दिए।

उच्च अदालत जनकपुर, राजविराज इजलासले गत ९ फागुन २०८० मा पासवानलाई १४ वर्ष कैद तथा २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?