८ दलीय मोर्चाको बैठकमा नागरिक उन्मुक्ति पार्टीको एजेन्डा प्रस्तुति
5 महीना पहिले प्रकाशित

काठमाडौं, माघ २१ गते । मधेस केन्द्रित आठ दलीय मोर्चाको कार्यदल बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्नो प्रमुख मुद्दाहरू प्रस्तुत गरेको छ। सिंहदरबारमा सोमबार सम्पन्न बैठकमा पार्टीले टिकापुर घटनालाई लिएर राज्य पूर्वाग्रही देखिएको भन्दै झुटा मुद्दाहरू दर्ता गरिएको विषयलाई मोर्चाको आधिकारिक एजेन्डामा समावेश गर्न आग्रह गरेको छ।
बैठकमा नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाएको नेता रेशम चौधरीले जानकारी दिए। उनका अनुसार आयोगको प्रतिवेदन लुकाइएकाले सत्यतथ्य बाहिर ल्याउन दबाब दिनुपर्नेमा मोर्चाले सहमति जनाएको छ।
सो बैठकमा अध्यादेश, मोर्चाको औपचारिक नामकरण तथा अन्य सांगठनिक विषयहरूबारे समेत गहन छलफल भएको चौधरीले बताए। मधेस केन्द्रित आठवटा राजनीतिक दलले आपसी सहकार्यलाई सुदृढ गर्दै मोर्चाको प्रभावकारिता बढाउन कार्यदल गठन गरेको हो।
कमेन्ट गर्नुहोस्
view comments