‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने युवक पक्राउ
2 महीना पहिले प्रकाशित

जनकपुरधाम,माघ २० गते । नेपाल प्रहरीको नक्कली डिएसपी बनेर ठगी गर्ने एक व्यक्ति धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने सिरहा, लहान नगरपालिका–२ निवासी २० वर्षीय धनिकलाल साह हुन्। इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका अनुसार, साहले आफूलाई प्रहरी अधिकृत भनेर चिनाउँदै गणेशमान चारनाथ नगरपालिका–४ का रमेश श्रेष्ठसँग ५० हजार रुपैयाँ ठगी गरेका थिए। ठगीको घटना भएपछि श्रेष्ठले प्रहरीमा जाहेरी दिएका थिए, जसको आधारमा साहलाई नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार, पक्राउ परेका साहविरुद्ध धनुषा जिल्ला अदालतमा ठगी कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले नक्कली परिचय बनाएर ठगी गर्ने गतिविधि रोक्न आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments