महाकुम्भ स्नानमा भागदौड: सप्तरीका दुई तीर्थयात्री सम्पर्कविहीन

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ १८ गते । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाका क्रममा बुधबार बिहान भागदौड हुँदा सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन्। तिलाठी कोइलाडी गाउँपालिका–१ की ६० वर्षीया सुनैनादेवी झा बुधबार बिहानदेखि मेलास्थलबाट हराएको उनका छोरा ललित झाले बताएका छन्। उनी चार दिनअघि आठ जनाको पारिवारिक समूहसहित महाकुम्भ स्नानका लागि गएकी थिइन्। त्यस्तै, तिलाठी कोइलाडी–३ सकरपुराका ६५ वर्षीय बुलबुल खंग पनि सोही दिनदेखि सम्पर्कमा नरहेको वडाध्यक्ष रमेश मुखियाले जानकारी दिए।

हराइरहेकाको खोजीका लागि परिवारका सदस्य तथा समूहका अन्य तीर्थयात्रीहरूले स्थानीय सुरक्षाकर्मीको समन्वयमा पहल गरिरहेका छन्। सप्तरीबाट सयौँको संख्यामा तीर्थालुहरू महाकुम्भ मेलामा सहभागी हुन गएका छन्। हालसम्म ५० भन्दा बढी बस तथा दैनिक ५ देखि १५ स्कर्पियो गाडीमार्फत तीर्थालुहरू भारत पुगेको सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?