अमेरिकामा अवैध आप्रवासीविरुद्ध अभियान, गुरुद्वारामा छानबिनले विवाद
3 महीना पहिले प्रकाशित

एजेन्सी, माघ १४ गते । अमेरिकाले अवैध आप्रवासीहरू विरुद्ध कडा कारबाही अभियान जारी राखेको छ। देशभरि अवैध आप्रवासीहरूको खोजी भइरहेको समयमा न्यूयोर्क र न्यूजर्सीका केही गुरुद्वारामा अमेरिकी गृह सुरक्षा अधिकारीहरूले छानबिन गरेपछि विवाद उत्पन्न भएको छ।
गुरुद्वाराहरूमा भएको खनतलासीले सिख समुदाय र संगठनहरूलाई आक्रोशित बनाएको छ। सिख संगठनहरूले यस कदमलाई धार्मिक आस्थामा हस्तक्षेपको संज्ञा दिएका छन्। अधिकारीहरूको यो कदमले सिख समुदायभित्र विरोध र असन्तोष बढाएको छ। अमेरिकी सरकारको यो कारबाहीले धार्मिक स्थलप्रतिको सम्मान र अधिकारबारे थप बहस सुरु गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments